Write by YACCA HUB | 1 comments

कम्प्यूटर बेसिक कोर्स (Basic Computer Course)

कम्प्यूटर बेसिक कोर्स
(Basic Computer Course)
कम्प्यूटर भनेको के हो ?
Computer एउटा Electronic यन्त्र हो । जसले इनपुट लिन्छ र उच्चबेगमा प्रयोगकर्ता ले दिएको निर्देशअनुसार प्राप्तडाटालाई प्रशोधन गरि कार्यसम्पादन गरेर अर्थपुर्ण नतिजा प्रस्तुत गर्ने र डाटा भण्डार गर्ने काम गर्छ । जुन हाम्रो लागि अति उपयोगी हुन्छ जसलाई कम्प्यूटर भनिन्छ ।
“A computer is an electronic device which can perform mathematical calculation and logical operation at very high speed”
COMPUTER  FULL FORM
C: – Commonly    (साधारण)
O: – Operating     (सञ्चालन)
M: – Machine   (यन्त्र)
P: – Purpose  (उद्देश्य)
U: – Use Full (उपयोगी)
T: – Technology  (प्रविधि)
E: – Education (शिक्षा)
R: – Research (खोज तलाश)
कम्प्युटरको परिभाषा
कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्न अधिकांश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा नतिजा छाप्न सक्तछ । साँच्चै भन्ने हो भने कम्प्युटर विद्युत्शक्तिबाट सञ्चालित मानवनिर्मित एक यन्त्र हो । यसले एक सेकेन्डमा दसैंकरोड निर्देशनहरु पालना गर्न सक्तछ ।यसले आफ्नो आन्तरिक भण्डारमा करोडौं अक्षर वा अङ्कहरु सञ्चयगर्न सक्तछ भने बाह्य भण्डारमा  (floppy, Hard disk, Cd-rom,Tape, Pen Drive, Memori Card )सयौ खर्ब अङक,अक्षरहरु,चित्रहरु, ग्राफहरु, चलचित्रहरु तथा आवाजहरु भण्डार गर्ने क्षमता राख्दछ । यी सम्पुर्ण आँकडाहरुलाई पढन, छानबिन गर्न, सूचनाको रुपमा तालिका तयार गर्न र आवश्यकताअनुसार केहि सेकेन्डभित्रै पूरा गर्न पनि सक्तछ । एउटा कम्प्यूटरले अर्को कम्प्यूटरसँग कुराकानी गर्ने र आफु व्यस्त भएको समयमा आफ्नो काम अरुलाई वितरण गर्नुका साथै अरुसँग मिलेर कार्य गर्न समेत सक्तछ ।हजारौ किलोमिटर टाढा रहेको कम्प्यूटरसँग आकाशमा स्थापित सेटलाईटको माध्यमबाट कुराकानि गरी त्यसले कार्य पुरा गर्न सक्तछ । मानिसले गर्न नसक्ने जोखिमपुण कार्यहरु गर्ने वाक्क लाग्ने झन्झटिला कार्यहरु पुरा गर्ने र तर्कपुर्ण कार्यहरु गर्ने क्षमता भएको यन्त्र कम्प्यूटर हो ।कम्प्यूटरले आकाश, समुद्र तथा धरातलमा बसी चौबीसौ घण्टा कार्यमा एकचित्त भई मानिसलाई साथ दिने साधनको रुपमा सहयोग गर्न सत्तछ । आज जसरि टेलिफोन, टेलिभिजन, हवाइजहाज, मोटर, मोटरसाइक्ल, प्रिन्टिङ प्रेस तथा टाइपराइटरले जुनसुकै पेसामा लागेका व्याक्तीहरुलाई साधनको रुपमा कार्यगरि सहयोग पु¥याइदिन्छ त्यसैगरी कम्प्यूटरले पनि मानवजातिलाई कुनचाहि काममा सहयोगगर्न सत्तैन भन्न गाह्रो भएको छ । त्यसैले आजकाल युरोपतिरू”computerispen”भन्ने कुरो प्रचलित छ ।अव यसको महिमा गएर साध्य छैन।यसकारणडाक्टर,इन्जिनियर,मेनेजर, डाइरेक्टर,प्रोफेसर, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी,गणितज्ञ,वैज्ञानिक, व्यापारी, उद्योगी, खेलाडि तथा अन्य जोसुकैलाई पनि कम्प्यूटर अत्यन्तै उपयोगि साधन कलमजस्तै हुन थालेको छ । त्यसकारण यसको महत्व जताततै बढ्न थालेको छ । अब हाम्रो मुलुकमा पनि एक उपयोगि साधनको रुपमा यसको प्रयोग हुन लागेको छ ।
कम्प्युटर बाट हुने फाईदास्(ADVANTAGE OF COMPUTER)
कम्प्युटर एक असाध्यै, छिटो, शुद्ध र जटिल गणितीय कार्य गर्न सक्ने इलेक्ट्रोनिक यन्त्र हा ।
हजारौँ किलोमिटर टाढा रहेका रेकर्ड वा तालिकालाई आफ्नो पर्दामा ल्याउन, प्रशोधन गर्न र प्रयोग गर्न सक्ने यन्त्र हो ।
अरबौँ करोड अङ्क वा अक्षरहरु मुठ्ठिभरको ठाउँमा अटाउन, क्रम मिलाई राख्न र सम्पादन गर्न सक्ने एक भण्डार हो । अर्को शब्दमा भन्ने हने भने प्रोग्रामबाट निर्देशित लक्ष्य अनुसार तर्कपुर्ण कार्यहरु गर्न सक्ने क्षमता भएको एक यन्त्र हो ।
बराबर दोहोरिरहने,  झंझट लाग्दा कार्यहरु वर्षौसम्म, नथाकी गरिरहन सक्ने यन्त्र हो ।
मानिसको कार्य क्षमता, स्मरण शक्ति तर्कपुर्ण सोचाइमा वृद्धि गरी सहयोग पु¥याउने विद्युतीय यन्त्र हो ।
इनपुट लिएर प्रोग्रामअनुसार सम्पादन गरी (output) प्रस्तुत गर्ने एक बहुरुपी यन्त्र हो ।
Advantages of computer
1. It can work very fast.
2. It can give accurate results.
3. It can store large amount of data for future use.
4. It can work nonstop for a long time.
5.It can work automatically
6. It can be used in many fields and applications.
Disadvantages/Limitations of computer
1. It is expensive machine.
2. It is not affordable by everyone.
3.It cannot work itself. It needs user for operating.
4.It needs skilled manpower to operate.
5.It cannot  think rationally like human being can do.
6.It only does the work that is instructed.
कम्प्यूटरका बिशेषताहरु Characteristics of computer
१. स्वचालन  (Automatic)
२. कार्य बेग (Speed)
३. सुद्धता (Accuracy)
४. डाटा भण्डार (Storage)
५. मेहनती लगनशील (Diligent)
६. विविधकार्य क्षमता  (Versatility)
१. स्वचालन (Automatic)
कम्प्यूटरलाई ठीकबेठीक निर्देशनहरु दिन सकिएमा यसले Automatic कार्यहरु गर्न सक्छ डाटा र प्रोग्राम भण्डार गरिएका कम्प्यूटरमा मानिसले चाहेमा यसलाई लगातार कामहरु गर्न लगाई राख्न सकिन्छ ।
२. कार्य बेग (Speed)
कम्प्यूटरले काम अत्यन्तै  छिटो गर्न सक्छ  अर्थात एक सेकेन्डमा हजारौ, वा करोडौ निर्देशनहरु पालना गर्न सक्छ । साधारणतया यसको कार्य क्षमतालाई सेकेन्डमा नाप्ने चलन छ ।
कम्प्यूटरका ईकाइ
१.  मिलीसेकेन्ड            एक हजार भागको एक खण्ड
२.  माइक्रो सेकेन्ड         दस लाख भागको एक खण्ड
३.  नानो सेकेन्ड           एक अरब भागको एक खण्ड
४.  पिको सेकेन्ड          दस खरव भागको एक खण्ड
५.  फेप्तो सेकेन्ड          दस निल भागको एक खण्ड
Unit of time    Meaning    Part of second    power
Millisecond(ms)    One thousandth of a  second    1/1000 sec    〖10〗^(-3)
Microsecond(us)    One millionth of a second    1/1000000 sec    〖10〗^(-6)
Nanosecond (ns)    One billionth of a second    1/1000000000 sec    〖10〗^(-9)
Pico second(ps)    One trillionth of a second    1/100000000000 sec    〖  10〗^(-12)
३.  सुद्धता (Accuracy )
कम्प्यूटरले हिसाब गरी निकाल्ने  नतिजा सत प्रतिशत ठीक हुन्छ । हामीले गलत प्रोग्राम वा गलत सुत्र वा गलत डाटा  दिएमा मात्र गलत उत्तर निकाल्दछ । अन्यथा यसले गर्ने हिसाब गलत हुदैन ।
४.  डाटाभण्डार(Data Stroage)
कम्प्यूटरभित्र डाटा भण्डार हुने ठाउँलाई Hard Disk  भन्दछ । हुन त बाहिरपट्टि कम्प्यूटरले आफ्नो डाटाहरु टेप,फलपी डिस्क र सीडीरोम डिस्कमा पनि भण्डार गर्दर्छ । यी सबैलाई डाटा भण्डार गर्ने ठाउँको रुपमा लिइन्छ । यिनिहरुमा कतिओटा डाटा वा रेकर्डहरु
अड्छन भनी क्षमताको नाप गर्न एउटा Unit आबस्यतmा पर्दछ डाटा भण्डार गर्ने क्षमता Byte मा नापिन्छ । अर्थात एक बाइट भन्नुको अर्थ एउटा अक्षर वा अङ्क वा चिन्ह  हो ।
जस्तै ( A,B,C,D,1,2,3,4 + -  ईत्यादि०
५.   मेहनती  (Diligent)
कम्प्यूटरले काम गर्दा बढी एकाग्रता कायम गर्न सक्छ । यसलाई जुन काम दियो उता हेरी एकैनासले त्यो काम धेरैपटक दोहो¥याई,तेहा¥याई गरी रहने गर्दछ । उक्त कार्य गर्दा यसले शुद्ध नतिजा ल्याउन उच्च वेगमा बिना रोकावट कार्य गरिरहन्छ । मानिसले काम गर्दा थकित हुने ,गल्ती नतिजा निकाल्ने तथा अल्छी गर्ने हुन्छ  तर कम्प्यूटर कहिल्यै ढिला गर्ने,गल्ती तथा अल्छी गर्ने काम गर्दैन । यसको महत्व यसैमा छ ।
६.  विविध कार्य क्षमता (Versatility)
कम्प्यूटर एउटा यस्तो मेशिन हो जसले धेरै थरिका कामहरु गर्न सक्छ । कम्प्यूटरले हिसाब गर्ने, लेखा छाप्ने, ग्राफ खिच्ने, लेखा राख्ने,  नक्सा कोर्ने, फोटो खिच्ने, चिठिपत्र आदानप्रदान गर्ने, रोग निरिक्षण गर्ने, बैज्ञानिक कार्य गर्ने, बैकिङ्ग कार्य गर्ने, शिक्षक बनी पढाउने रिजल्ट तयार गरिदिने लगायतका धेरै कामहरु गर्न सक्छ त्यर्सैले कम्प्यूटर एउटा विविध कार्य क्षमता भएको मेशिन हो ।
कम्प्युटरको बर्गीकरण
हामीले फरक–फरक प्रकारका कम्प्युटर प्रयोग गर्दछौ कम्प्युटर हरुमा फरक– फरक कामका
लागी फरक–फरक खालका कम्प्युटर उत्पादन गरेका छन् । त्यसैले आज हामिले बजारमा धेरै
थरीका कम्प्युटर देख्न सक्छौ ।
कार्य अनुसार ( On The basic software)
कार्य अनुसार कम्प्युटर मुख्य तिन प्रकारका छन् ।
१.एनालग कम्प्यूटर -Analogue computer_
यो यास्तो कम्प्यूटर हो जसले गणना को सट्टा कुनै पनि इकाइ नापेर वा मानिरले जस्तै कार्य गर्न सक्दछ ।
यस्तो कम्प्यूटरलाई एनालग कम्प्यूटर भनिन्छ । ग्रिक शब्द “एनालग” बाट एनालग कम्प्यूटर भन्ने नाम राखिएको हो । ट्याक्सी मा चढ्दा जति जति टाढा गयो उति उति मिटरमा पैसा थपिदैं जान्छ । त्येस्तै मोटर साइकलमा त्यसको गुडने वेग बढदै जाँदा २०,३०,वा ४० गति किलोमिटर वेगका साथ बढदै जान्छ । त्यसलाइ स्पोडोमिटर को सुईले देखाउदै जान्छ । पेट्रोल पम्प बाट पेट्रोल वा डिजल खन्याउदै जाँदा लिटरको संख्या बढदै जान्छ । यस्ता कम्प्यूटरलाई एनालग मेसिन भनिन्छ । अन्तर्देशिय टेलिफोन प्रयोग गर्दा लागेको समय नाप्ने यन्त्र लाइ पनि एनालग कम्प्युटर भन्दछन् ।
२.डिजिटल कम्प्यूटर (Digital Computer)
वाईनरि डिजिटल (O र I)मा आधारित कम्प्यूटरहरुलाई डिजिटल कम्प्यूटर भनिन्छ ।
यस्ता कम्प्यूटरहरुले कुनै पनि नाप नाप्नको सट्टा संख्या गरेर कार्यगर्ने गर्दछ । आज संसार
भर प्रयोग भएका ९०% कम्प्यूटर डिजिटल छन् ।
३. हाइब्रिड कम्प्यूटर (Hybrid computer)
एनालग र डिजिटल कम्प्यूटरले गर्ने काम एउटै कम्प्यूटरले गर्न सक्ने गरि बनाईएको कम्प्यूटरलाई हाइब्रिड कम्प्यूटर भनिन्छ । हाइब्रिड कम्प्यूटर खास गरि अस्पताल, कारखाना, बैज्ञानीक कार्यशाला, हवाईजहाज, रकेड आदिमा जडान गरिएका हुन्छन ।
आयतन अनुसार९इल (On The Basisatuolume )
आयतन अनुसार कम्प्युटर मुख्य चार भागमा बर्गिकरण गरिएको छ ।
१. सुपर कम्प्यूटर (Super Computer)
सुपर कम्प्यूटर सवै भन्दा शत्तीशालि कम्प्युटर हो । यसको साईज ठुलो हुन्छ । प्रोसेशिङ्ग गति पनि निकै बडि हुन्छ  । यस्ता कम्प्यूटर खासगरि वैज्ञानिक अनुसन्धानहरु  जस्तै न्यूक्लियर फिजन ,न्यूक्लियर चेक रियाक्सन आदि कामको लागी प्रयोग गरिन्छ
२. मेनफ्रेम कम्प्यूटर (Mainframe Computer)
मेनफ्रेम कम्प्यूटर आयतनको हिसाबले निकै ठुलो हुन्छ । करिव १ हजार वर्ग फिट ठाँउ लिन्छ । यो निकै शक्तीशाली र प्रोसेसिङ्ग गति निकै बढी भएको कम्प्यूटर हो । यस कम्प्यूटरबाट एकै पटक ४००÷५०० ओटा कम्प्यूटर  टर्मिनलमा डाटा इन्ट्री गर्न । वा डाटा प्रोसेसिङ्ग गर्न सकिन्छ । यस्ता कम्प्यूटरमा एकै समयमा सयौँ मानिसहरुले काम गर्न सक्छन् । यसको मुल्य पनि निकै धैरै छ । यसले सम्पूर्ण नेटवर्किङ्गमा भाग लिन सक्छन्।
३. मिनि कम्प्यूटर  (Mini Computer)
मिनि कम्प्यूटर मेनफ्रेम कम्प्यूटर भन्दा कम शक्तीशाली र माईक्रो कम्प्यूटर भन्दा बढि शक्तीशाली हुन्छन् । यस कम्प्यूटरमा पनि सयौ टर्मिनलहरु जोडेर यसबाट काम गराउन सकिन्छ । यी कम्प्यूटर हरु मुख्य गरि डाटा प्रोसेसिङ्ग ,प्रोग्रामिङ्ग र डेक्सटप जस्ता कार्यहरुमा प्रयोग गरिन्छ ।
४.माईक्रो कम्प्यूटर (Micros Computer)
माईक्रो कम्प्यूटर आयतनको हिसावले सबभन्दा सानो कम्प्यूटर हो । यो कम्प्यूटर माईक्रो चिप्स (Microchips)प्रयोग गरेर बनाइएको हुनाले यसको नाम माइक्रो कम्प्यूटर रहेको हो । माइक्रो कम्प्यूटर लाई प्रसनल वा home कम्प्यूटर भनिन्छ । यो कम्प्यूटर  घर ,अफिसमा मूख्य गरि आवश्यक छ । आज भोली धेरै जसो क्षेत्रहरु जस्तै व्यापार, व्यवसाय, शिक्षा सञ्चार हरुमा प्रयोग गरिन्छ ।
Computer  ले कसरि काम गर्दछ ?
How does a computer work?
कम्प्यूटरले काम गर्नको लागि हार्डवेयर Hardware  र सफ्टवेयर Software  को मिलन हुनुपर्छ । Hardware भन्नाले कम्प्यूटरका बिभिन्न भागहरु जस्र्तै सि.पि.यू,मनिटर,प्रिन्टर,किबोर्ड,माउस,इत्यादि लाई बुझिन्छ । जसलाई हामीले आखाले देख्न र हातले छुन सक्छौ । Software भन्नाले कम्प्यूटर ले बुझ्ने भाषामा क्रमबद्ध गरि लेखीएका निर्देशनहरुका विभिन्न सेटहरु लाई सफ्ट्वेयर भनिन्छ । जसलाई हामीले हातले छुन सक्दैन ।
कम्प्यूटर ईनपुट प्रोसेस र आउटपुट (IPO) सिद्धान्त अनुसार काम गर्दछ ।
इनपुट                      प्रोसेसर                                आउटपुट
३०+९०                  प्रोसोधन प्रोसेसर सिपियु                       १२० परिमाण
डाटा                                                           आउटपुटसाधन हरु
ईनपुटसाधानहरु                                                       मनिटर
किवोर्ड                                                             प्रिन्टर
माउस
स्क्यानर                                                            स्पिकर
माईक्रोफोन
डिजिटल÷ वेब क्यमरा    .
कम्प्यूटर संचालन गर्ने तरिका
कम्प्यूटर एउटा मेसिन हो जसले प्रयोगकर्ताले दिईएको निर्देशनअनुशार काम गर्दछ । कम्प्यूटरलाई काम गर्नको लागि रेडी गराउनको लागि यसमा जोडिएका सम्पुर्ण भागहरु (Peripherals)  राम्रोसंग  जोडिएको हुनुपर्छ । अनि सम्पूर्ण हार्डवेयर र सफ्टवेयरहरु बीचमा सम्बन्ध कायम गराउनुपर्दछ । यसरी हार्डवेयर र सफ्टवेयरहरु बीचको एक आपसमा सम्बन्ध कायम गराउन एउटा विशेष प्रकारको सफ्टवेयर आवश्यकता पर्दछ । जसलाई अप्रेटिङ सिस्टम ९(Operating System)  सफ्टवेयर भनिन्छ ।
कम्प्यूटर खोल्दा पहिला यसमा U.P.S (on)  गर्नुपर्छ । त्यसपछि यसको सुरुवातको लागि प्रोसेस अपरेटिङ सिस्टमबाट सुरु हुन्छ । त्यसपछि हामी कम्प्यूटरका प्रोग्रामभित्र जानका लागि फरक–फरक प्रोसेस छन् । उक्त कुरा तपाईको कम्प्युटरमा राखेको अपरेटिङ सिस्टममा भर पर्दछ । त्यसैले कम्प्यूटर संचालन गर्नुभन्दा  अगाडि आफ्नो कम्प्युटरमा राखेको अपरेटिङ सिस्टमको बारेमा ज्ञान हुनु आवश्यक छ ।
विन्डोज अपरेटिङ सिस्टम अन्तर्गत कम्प्यूटर खोल्ने तरिका
स्टेप १ U.P.S (Uninterrupted Power Supply) (ON) गर्नुहोस् ।
स्टेप २ कम्प्युटरC.P.U (Central Processing  Unit) को स्विच (ON) गर्नुहोस् ।
स्टेप ३ स्मनिटरको स्विच अन (ON) गर्नुहोस् ।
COMPUTER को अगाडि को भाग ।

सीडी रोम
फ्लोप्पि डिस्क
पावर आँन बटन
रेसेट बटन
यू.एस.बि पोर्ट
साउण्ड पोर्ट
CUMPUTER को पछाडिको भाग
(SMPS) Switch Mode Power Supply
Out Put Power Port (200-240v)
In Put Power Port (200-240v)
Ps/2 Key Board Port (Purpale Colour)
Ps/2 Mouse Port (Green Colour)
Com (Sirial) Port (9pin)
Parllel (Lpt) Port
Display Port (Monitor Cable)
Usb Port (Univarsal Sirial Bus)
LanPort, Net Work Port (Local Aria Network) Rj45 Jack (Connector)
Microphone Input Port (Pink Colour)
Sound Out Put Port (Green Colour)
Microphone Out Put Port (Sky Blue)
CPU Colling Fan
त्यसपछि केही समय पर्खनुपर्ने हुन्छ, जुन समयमा कम्प्युटरले बुटिङ (booting)  प्रोसेस गर्दछ ।
बुटिङ (booting)  भनेको कम्प्युटर खुल्ने क्रममा हार्डडिस्क वा अन्य स्टोरेज डिभाइसहरु (CD–ROM, Floppy E.T.C.)  रहेका सिस्टम फाइलहरु कम्प्युटरको मेमोरी (Memory) मा ल्याउने काम हुन्छ यही प्रक्रियालाई नै बुटिङ भनिन्छ

यस क्रममा मनिटरमा कुनै निर्देशनहरु देखिए भने त्यसलाई पालना गर्दै जनुपर्छ । यदि तपाईको कम्प्यूटर पासवर्ड (Password) सिस्टमबाट लक गर्नुभएको छ भने युजर नेम र त्यसको पासवर्ड टाइप गर्नुपर्दछ ।
विन्डोज ः
परिचय
अपरेटिङ सिस्टम एउटा यस्तो प्रोग्राम हो जसले कम्प्युटर सिस्टमको सम्पूर्ण कृयाकलापलाई नियन्त्रण तथा संचालन गर्दछ । अपरेटिङ सिस्टमहरु धेरै प्रकारका छन् । जस्तैMS Dos, Ms Windows (95/98/2000 Xp Vista Etc) Unix Linux  आदि । यि मध्ये आज विश्वका धेरै धेरै भन्दा (प्राय सबै जसो) कम्प्यूटर प्रयोगकर्ताहरुले Windows अपरेटिङ सिस्टम प्रयोग गरेको पाइन्छ यो माइक्रोसफ्ट कम्पनीले उत्पादन गरेको अपरेटिङ सिस्टम हो ।
यस कम्पनिले विन्डोज् अन्तरगतका धेरै भर्सनहरु उत्पादन गरि सकेको छ । जसमध्ये गरि सकेको छ । जसमध्ये Windows Vista  यस कम्पनीले हालै मात्र उत्पादन गरेको निकै एड्भान्स फिचहरु र सुविधाहरु उपलब्ध भएको अपरेटिङ सिस्टम हो । यसको प्रयोग भर्खरै मात्र सुरु भएको छ । विन्डोज एक्स पि.मा यस भन्दा अगाडि  रिलिज गरिएका विन्डोज भर्सनहरुमा भन्दा निकै धेरै एड्भान्स फिचरहरु उपलब्ध छन् । जसले गर्दा हामीलाई कम्प्यूटर संचालन गर्न निकै सजिलो भएको छ ।यसले DOS  तथा Windows मा आधारित सम्पूर्ण प्रोग्रामहरुलाई छिटो तथा सजिलैसंग रन गराउन सक्दछ । यसमा निकै एड्भान्स र शक्तिशालि मल्टिमिडिया तथा नेटवर्किङका फिचरहरु छन् ।यसले इन्टरनेट ई–मेल अडियो भिडियो च्याट भ्वाइस च्याटका लागि निकै सजिलो  गराएको छ । त्यसैले आजकाल कम्प्यूटर प्रयोगकर्ताहरु Windows XP  नै प्रयोग गर्ने गर्दछन् ।
त्यसपछि तपाई सिधै विन्डोज भित्र जान सक्नुहुनेछ । जसको सहायताले तपाईले कुनै पनि काम गर्न सक्नुहुन्छ । कम्प्यूटर खुल्नासाथ देखिने विन्डोजको चित्र यहाँ देखिएको छ ।

1 comment :

  1. धेरै राम्रो लाग्याे सर, अब कृपा गरी माइक्रोसफ्ट अफिसको पनी वर्ड, एक्सल, पउरप्वाइन्ट अादी चलाउन सक्ने गरी लेखिदीनुभयो भने अझ कृतज्ञ हुने थिएँ ।

    ReplyDelete

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

Contact Us

Nepal Laptop Repair
Tebahal-22, Newroad, Kathmandu, Nepal
Phone: +977-01-4244363, +977-9847897410

Nepal Multi Education Institute & IT Solution
Dharmawoti-1, Bagdula, Pulchock
GPO Box No. 22300,
Pyuthan, Nepal
Phone: 977-86-460029, +977-9847907485