अनावश्यक Start Up Application हरु हटाउने सजिलो तरिका ।
दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने सबै साथीहरुलाई
Start-upapplicationsअर्थात कम्प्युटर खोल्नासाथ अटोमेटीक रुपमा आफैँ
खुल्ने applications जस्तैः Yahoo messengers, Windows messengers, कुनै
Media player etc को बारेमा पक्का पनि केही न केही ज्ञान अवश्य रहेको हुन्छ
। यस्ता applications हरु प्रत्येक चोटी कम्प्युटर खुल्दा आफैँ खुल्ने
हुदाँ कम्प्युटर खुल्नलाई केही बढि नै समय लाग्ने तथा प्रत्येक चोटी बन्द
गर्नुपर्ने हुदाँ झन्झटिलो हुन्छ । साथीहरुको यही समस्यालाई ध्यानमा राखी
हामीले हजुरहरुलाई एउटा सजिलो उपाय बताउन गइरहेका छौँ, जसले हजुरलाई
त्यस्ता अनावश्यक क्तबचत(Start-up applications बाट मुक्ति दिलाउने छ ।
जसको लागि
१. सर्वप्रथम Start button मा क्लिक गरेर Run मा क्लिक गर्नुहोश ।
२. त्यसपछि चित्रमा देखाएझै Run Boxमा msconfig टाइप गर्नुहोश र enter press गर्नुहोश ।
३. त्यसपछि चित्रमा देखाएझै System Configuration
Utility Box देखापर्छ त्यसमा Start Up Tab मा क्लिक गर्नुहोश र Location मा
common Sart Up भएका applicationहरुमध्ये हटाउन चाहानुभएको application
अगाडिको बक्समा रहेको Check mark चित्रमा देखाएझै हटाइदिनुहोश ।
४.अब Apply button र Ok button मा Clcik गर्नुहोश र कम्प्युटर एकचोटी Re-Start गर्नुहोश ।
अब कम्प्युटर खुल्दा त्यस्ता अनावश्यक Sart Up Application हरु खुल्नेछैनन,
0 comments :
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |